zoom cornell download zoom installation failed error 1005 zoom premium download inner zoom jquery free download zoom panning effect slider free download
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

बझाङमा एकै परिवारका ३ जना मृत भेटिए

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । बुङ्गल नगरपालिका– ९ रारुमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

बुङ्गल नगरपालिका– ९ का वडाध्यक्ष हरिशबहादुर सिंहले २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएको बताए ।

मृतक बालिकाको भने नाम खुलेको छैन । इलाका प्रहरी कार्यालय बुङ्गलको प्रहरी टोली घटनास्थल पुगेको छ ।

घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रमेश अवस्थीको नेतृत्वको टोली घटनास्थलतर्फ गइरहेको छ ।

प्रतिक्रिया सबै