zoom app cloud meeting download for pc zoom.us web app zoom connect download zoom meeting join a meeting download pc - zoom meeting join a meeting download pc zoom install - zoom install zoom us app download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग अघि बढाउन समितिलाई सभामुखको निर्देशन

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग छानबिन गर्न गठित समितिलाई छानबिन अघि बढाउन निर्देशन दिएका छन् ।

बिहीबार वीरेन्द्र सम्मेलन केन्द्र नयाँ बानेश्वरको शंकर हलमा समितिको सहजीकरण बैठकमा सभामुख सापकोटाले आफ्ना तर्फबाट छानबिननमा सहयोग हुने बताएका हुन् ।

बैठकमा सभामुख सापकोटा, उपसभामुख पुष्पा भुसाल, सचिव लक्ष्मीप्रसाद गौतमसहित समितिका सदस्य उपस्थित थिए । २२ साउनको संसद बैठकले महाभियोग प्रस्ताव बहुमतले पारित गर्दै महाभियोग सिफारिस समितिमा पठाएको थियो ।

महाभियोग सिफारिस समितिले बढीमा तीन महिनाभित्र छानबिन गरेर प्रतिवेदन संसदमा पेस गर्ने समयसीमा पाएको छ ।

समितिमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सांसद लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल छन् । यस्तै, नेपाली कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य छन् ।

प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ गठबन्धनका ९८ सांसदले १ फागुन २०७८ मा महाभियोग प्रस्ताव दर्ता गराएका दिए ।

२०७८ फागुन २२ गते प्रतिनिधि सभाले राणाविरूद्धको महाभियोग छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो। २९ फागुन २०७८ मा बसेको प्रतिनिधि सभा बैठकमा महाभियोगको प्रस्ताव पेस भएको थियो ।

प्रतिक्रिया सबै