zoom wallpaper app zoom interview download join zoom meeting with password and id zoom installer for windows10 zoom meeting joining 2012 download zoom meeting microsoft edge zoom conferencing download
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरुलाई स्रोत नखुलेको नगद ७४ लाख रुपैयाँ र विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको विभिन्न वित्तिय संस्थाका ९ थान चेकसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं बबरमहल बस्ने भारत राजस्थान शिखर देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका २० वर्षीय रामहरि दुलाल र काठमाडौं चावहिल बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका २४ वर्षीय सुदिप आचार्य रहेका छन् ।

उक्त क्षेत्रमा गैरकानुनी रुपमा हुण्डीको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नेपाली रुपैँया र चेकसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

प्रतिक्रिया सबै