zoom 4.6.8 download windows zoom download free windows 10 legal zoom llc agreement download how do i download a zoom recording link zoom meeting download for windows 8.1 - zoom meeting download for windows 8.1
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

गठबन्धनले अस्तव्यस्त बनाउँछ, निर्वाचनमा एक्लै लडौँ : सिर्जना सिंह

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नेता सिर्जना सिंहले संसदीय निर्वाचनमा दलहरूले आ-आफ्ना उम्मेदवार उठाएर प्रतिस्पर्धा गर्नु उपयुक्त हुने बताएकी छन् ।

काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेर पराजित भएकी नेता सिंहले ट्वीटरमार्फत आफ्नो सुझाव सार्वजनिक गर्दै गठबन्धनले अन्यौल र अस्तव्यस्तमात्र हुने उल्लेख गरेकी हुन् ।

सत्ता गठबन्धनको कार्यदलले चुनावी सीट बाँडफाँटका लागि छलफल भइरहेकै बेला महानगरको गठबन्धन अनुभव शेयर गर्दै उनले भनेकी छन्- ‘संसदीय चुनावमा आ-आफ्नो पार्टी आफ्नै चुनाव चिन्ह र गठबन्धन नगरी सबैले आ—आफ्ना उम्मेदवार उठाउने बरू बहुमत नआए गठबन्धन गर्दा हुन्छ । स्थानीय चुनावमा देखेको भोगेको, गठबन्धनले अन्यौल र अस्तव्यस्तबाहेक केही गर्दैन ।’

प्रतिक्रिया सबै