zoom download pc latest version zoom download files download free zoom app zoom cloud meeting app download for windows 10 64 bit zoom pcf-8n instructions for joining zoom meeting - instructions for joining zoom meeting client zoom download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

काठमाडौं उपत्यकाका ७ बालबालिकामा हैजा संक्रमण

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । काठमाडौं उपत्यकाका हैजा संक्रमित बालबालिकाको संख्या सात पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार हालसम्म संक्रमित ४५ मध्ये १४ वर्षमुनिका सातजना छन् । उनीहरू काठमाडौं महानगरपालिका र काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकाका बालबालिका हुन् । मंगलबार थप तीनजनामा हैजा संक्रमण पुष्टि भएको छ । योसँगै यो वर्ष देशभर हैजा संक्रमितको संख्या ४५ पुगेको हो ।

महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा सबैभन्दा धेरै १९ जनामा हैजा पुष्टि भएको छ । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा नौ, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई, नागार्जुनमा तीन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक/एकजनामा हैजा संक्रमण देखिएको छ । यस्तै, ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एकजनामा हैजा पुष्टि भएको छ ।

भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एक/एकजनामा हैजा देखिएको छ । नुवाकोटको ककनी गाउँपालिकामा पनि एकजनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ ।

हालसम्म परीक्षण गरिएका धारा, ट्युवबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्र पिउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया सबै