zoom login my account zoom meeting - zoom login my account zoom meeting zoom cloud meeting app download for windows 10 zoom timer app zoom f6 download download from zoom cloud update zoom app download zoom a download zoom 1 font download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

सरकारले जनताको दुःख देखेन, न मल दिन्छ न तेलको भाउ घटाउँछ : विमला घिमिरे

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेकी छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनले भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि समायोजन गर्न सरकार तयार नभएको भन्दै आपत्ति जनाइन् ।

‘सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य हप्ता हप्तामा गरेको थियो । तर अहिले भारतमा मूल्य घट्दा समायोजन गर्ने कुरामा कुनै चासो दिएको छैन’, उनले भनिन् ।

किसानलाई खेतीबालीको बेला पनि मल नदिएको गुनासो गर्दै भनिन्- ‘गत वर्ष वर्षातका कारण क्षति भएको किसानको अन्नबालीको अझै राहत नदिएको भन्दै सरकारको चर्को आलोचना गरिन् ।

‘गत वर्ष किसानहरुले स्याहार्ने बेलाका धानवाली वर्षाले नष्ट भयो । त्यतिबेला सरकारले क्षतिपूर्ति दिने भन्दै स्थानीय तहमार्फत् त्यसको रेकर्ड माग्ने र बैंक खाता खोल्ने सम्मका कुराहरु सरकारले गर्न लगायो । तर, सरकारले यसको क्षतिपूर्ति त कुरै छोडौँ। यो वर्ष धान रोप्नका मलसमेत दिन सकेन । यो सरकारले के काम गरिरहेको छरु यो सरकार जनताको दुःखमा कुनै लेखाजोखा राख्न सक्छ कि सक्दैन ? जनताले थाहा पाउनै छोडिसके’, उनले भनिन् ।

 

प्रतिक्रिया सबै