९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

‘राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुहुन्न’

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट प्रमाणित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे फेरि सरकारले पठाउने बताएका छन् ।

जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले मंगलबार त्यहाँ रहेका पत्रकारसँग कुरा गर्दै नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्न नहुने बताए ।

यदि फिर्ता गरे सरकारले फेरि पठाउने र त्यसबेला राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने प्रचण्डको भनाई छ । ‘फिर्ता गर्नुहुन्न। गरिहाले सरकारले अगाडि बढाएपछि रोक्ने कुरा हुँदैन । त्यसले राम्रो हुँदैन फेरि जान्छ र हस्ताक्षर गर्नैपर्छ’, अध्यक्ष प्रचण्डले भने ।

नागरिकता विधेयकले लाखौं नेपालीलाई नागरिकता लिन सहज भएको प्रचण्डले बताए । जापानमा रहेका नेपाल पत्रकार महासंघका पदाधिकारीसँग कुरा गर्दै प्रचण्डले आगामी चुनावमा चितवन क्षेत्र नम्बर २ बाटै लड्ने पनि बताएका छन् ।

प्रतिक्रिया सबै