ricky zoom download install free zoom app for windows 10 join zoom meeting online free zoom download for windows 10 32 bit free download zoom cloud meeting app for windows 10 zoom call app zoom pwa app zoom portable download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

नख्खु जेलभित्र बन्दीहरूको नाराबाजी

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीहरूले नाराबाजी गरेका छन् । कारागार नाइकेले मनोमानी गरेको भन्दै बन्दीहरूले प्रदर्शन र नाराबाजी गरेका हुन् ।

नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेपछि त्यहाँका नाइकेविरुद्ध अरु बन्दीहरू आन्दोलित बनेका हुन् । बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेको कारागार प्रशासनका एक कर्मचारीले बताए ।

४ सयभन्दा धेरै संख्यामा रहेका बन्दीहरूले नाइके फेर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा दुई समूहबीच झडप समेत भएको थियो ।

कारागार प्रमुख सुवास लामिछानेले भने सीमित व्यक्तिविरुद्ध अर्को समूहले नाराबाजी गरेको बताए । विरोधको क्रममा कारागारभित्र कुटपिट पनि भएको हुनसक्ने उनको भनाई छ । तर यसबारे छानबिन हुने उनले बताए ।

कारागारभित्र अराजक गतिविधि गर्नेहरूको पहिचान गरी उनीहरूमाथि कानुनी कारबाही गरिने कारागार प्रमुख लामिछानेले बताए ।

कारागारभित्र भने बन्दीहरूका नाइकेले नयाँ बन्दीहरूसँग पैसा असुल्ने, महंगोमा सामान बिक्री गर्ने जस्ता दुःख दिने गरेको असन्तुष्ट समूहको गुनासो छ । साथै नाइकेलाई कारागार प्रशासनले पनि कारबाही नगरेको भन्दै कारागार प्रशासनविरूद्ध पनि उनीहरूले नाराबाजी गरेका छन् ।

प्रतिक्रिया सबै