zoom app for safari downloads zoom app download zoom pc windows 10 zoom desktop client for pc download zoom cnet download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

संसदको समय घटाउन हुँदैन, देशमा संकट आउनसक्छ : देव गुरुङ

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संसदको कार्यकाल पुरै ५ वर्ष नभए देशमा संकट आउनसक्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले संसदको पूरै ५ बर्ष कार्यकाल रहने ऐन बनाउन माग गरेका हुन् ।

मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा भएपनि प्रतिनिधिसभाको कार्यकालको बारेमा बहस उठेको भन्दै उनले प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष हुने भनेर संविधानको धारा ८५ को १ ले भनेको उल्लेख गरे । सर्वोच्च अदालतको आदेशले पनि संसदको समयावदी ५ वर्षभन्दा कम घटाउन नहुने भनेको उनले बताए ।

‘यो मध्यावदी चुनावपनि हैन । संविधानको धारा ७६ को ५ अनुसार सरकार विफल भएर चुनाव भएको पनि हैन । त्यसैले यो निर्वाचन कार्यतालिकाका लागि एउटा ऐनको आवश्यकता पर्दछ । संसदको कार्यावदी राख्ने बारेमा पनि एउटा ऐनको आवश्यकता पर्दछ । त्यसकारण छिटोभन्दा छिटो सरकारले विधेयक ल्याओस्’, उनले भने, ‘संविधानले संसदको रिक्तताको परिकल्पना गरेको छैन । अहिलेको परिस्थितिले रिक्तताको संभावना छ । यस्तो अवस्थामा मुलुकमाथि एउटा गम्भीर संकट पैदा हुनसक्छ ।’

प्रतिक्रिया सबै