६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

नेप्सेमा ५ अंकको गिरावट, १ अर्ब ९३ करोडको कारोबार

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बुभबार ५ अंकको गिरावट आएको छ । अघिल्लो दिन ४३ अंकले घटेको बजारमा आज थप ५.११ अंकले घटेर नेप्से सूचक २० हजार ५७.६८ अंकमा झरेको हो ।

नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकममा समेत घट्न पुगेको छ । आज ५ अंकले घटेको बजारमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

१३ वटा उपसूचक मध्ये म्यानु एण्ड प्रो र इन्भेष्टमेन्ट समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक १.४९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बीमा समूहको ०.१ प्रतिशतले मात्र घटेको छ ।

प्रतिक्रिया सबै