download zoom microsoft zoom app hacking issues download zoom meeting for microsoft edge - download zoom meeting for microsoft edge app zoom.us.app zoom app for home use
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

जुत्ता कारखानामा ‘विद्युत् सर्ट’ भएर आगलागी

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासस्थित वान वर्ल्ड फुटवेयर जुत्ता कारखानामा ‘विद्युत् सर्ट’ भएर आगलागी भएको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा यस्तो खुलेको हो ।

श्रीराम पाण्डेद्वारा सञ्चालित उक्त कारखानामा आज मध्याह्न करिब पौने १२ बजेदेखि आगलागी सुरु भएको थियो । झन्डै दुई घण्टापछि आगलागी निभाइएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार आगलागी नियन्त्रण गर्न सात दमकल र १७ पानीका ट्यांकर परिचालन गरिएको थियो । उनले आगलागी पूर्ण रूपमा आगलागी नियन्त्रणमा आइसकेको बताए ।

आगलागीमा परी करोडौँ रुपैयाँबराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू आगलागी नियन्त्रणमा खटिएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै