zoom us app download zoom login zoom meeting zoom meeting no app zoom meeting free version download for pc download zoom hack app
११ आश्विन २०७९, मंगलवार Tuesday 27 September, 2022

जापान फोहोर व्यवस्थापनमा विश्वकै अग्रस्थानमा रहेछ, हामीलाई सहयोग गर्नु भनेको छु : प्रचण्ड

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानी अधिकारीहरूसँगको भेटमा आफूले फोहोर व्यवस्थापनमा सहयोग मागेको बताएका छन् ।

जापान भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापान भ्रमण फलदायी भएको भन्दै जापान फोहोर व्यवस्थापनमा विश्वकै अग्रणी रहेको बताए ।

अध्यक्ष प्रचण्डले भने-‘जापान फोहोर व्यवस्थापनमा विश्वकै अग्रणी रहेछ । मैले हामीलाई पनि तत्काल सहयोग गर्नुपर्‍यो भनेको छु ।’

आफ्नो भ्रमणका क्रममा जापानी विदेश विभागका अधिकारी तथा एक सांसदसँग भेटवार्ता भएको बताउँदै प्रचण्डले भने- ‘जापानमा रहेका नेपाली तथा त्यहाँका विदेश विभागका अधिकारीहरूसँग मेरो समानान्तर रूपमा कुराकानी भयो । जापानमा भएका नेपालीहरू मेरो भ्रमणबाट धेरै खुशी हुनुभएको छ ।’

आफूले जापानको संसद् भवनको भ्रमण गरेको प्रचण्डले उल्लेख गरे । त्यहाँ आफूलाई एक जना सांसदले स्वागत गरेको उनले बताए ।

‘उहाँले मलाई त्यहाँको संसदीय प्रक्रियाबारे ब्रिफिङ गर्नुभयो । उहाँ जापानका चल्तापुर्जा सांसद हुनुहुँदो रहेछ । चाँडै मन्त्री पनि बन्ने सम्भावना छ भनेर उहाँले नै भन्नुभयो,’ प्रचण्डले भने ।

आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्व महासचिवसँग पनि भेटेको प्रचण्डले बताए ।

प्रचण्डले आफ्नो भ्रमणमा नेपाली दूतावासको सकारात्मक भूमिका रहेको पनि बताए । हिजो आफ्नो सम्मानमा दूतावासले कार्यक्रम आयोजना गरेको र त्यसमा जापानका ३० जना घघडान व्यक्तिहरू सहभागी भएको उनको भनाई छ ।

राष्ट्रपतिले नागरिकता विधेयक रोक्न मिल्दैन
यस्तै प्रचण्डले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने बताएका छन् ।

पाँच दिने जापान भ्रमण पूरा गरेर बुधबार काठमाडौं आइपुगेका प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनमा भने- ‘राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्न । विधेयक जारी गर्न पनि ढिला गर्नु हुँदैनथ्यो ।’

चर्को विवादमा परेको उक्त विधेयकलाई लिएर कानुनी परामर्श गर्ने भन्दै राष्ट्रपति भण्डारीले रोकिराखेपछि प्रचण्डले ढिला गरेर ठीक नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

पदाधिकारी टुंगो लगाएर चुनावमा जान्छौँ
यस्तै अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी टुंगो लगाएर चुनावमा जाने बताएका छन् । प्रचण्डले पदाधिकारी बनाएर छाड्ने बताएका हुन् ।

माओवादी निकट प्रवासी नेपालीहरूको निम्तोमा प्रचण्ड जापान भ्रमणमा गएका थिए । प्रचण्डसँग गंगा दाहाल पनि सँगै गएकी थिइन् । फर्कने क्रममा आज विमानस्थलमा प्रचण्डलाई माओवादीका नेताहरूले स्वागत गरेका थिए ।

जापान भ्रमणबारे प्रचण्डको प्रेसनोट

प्रतिक्रिया सबै