zoom pc download 32 bit download zoom vdi zoom meeting join a meeting login for - zoom meeting join a meeting login for zoom cloud meeting app download for microsoft - zoom cloud meeting app download for microsoft zoom for windows download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च तहका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्यमन्त्री भवानी खापुङले राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सञ्जय ठाकुर स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिएका छन् ।

राष्ट्रिय क्षयरोग केन्द्रमा भने लामो समयदेखि फाजिलमा रहेकी डा. रिता जोशी पठाइएकी छन् । फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश १ मा पठाइएका छन् । यसअघि उनी औषधि व्यवस्था विभागका महानिर्देशक थिए ।

यस्तै डा. विश्वबन्धु बगालेलाई किटजन्य रोग केन्द्र हेटौंडा पठाइएको छ भने केन्द्रका प्रमुख डा. केशव पण्डितलाई स्वास्थ्य मन्त्रालयमा आएका छन् । डा. मिश्राको बढुवा भएसँगै सहप्रवक्ता डा. समीर कुमार अधिकारीले प्रवक्ताको भूमिका निर्वाह गरेका छन् ।

 

प्रतिक्रिया सबै