legal zoom consulting services agreement document download app. zoom zoom free app download for pc chat zoom for facebook free download zoom x64 download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

नेपाल पनि युक्रेन र अफगानिस्तान जस्तो युद्धभूमि हुनसक्ने खतरा छ : देव गुरुङ

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपाल युक्रेन र अफगानिस्तान जस्तो युद्धभूमि हुन सक्ने खतरा रहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले भने-‘नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनैदिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ । हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ । हामीसामु युद्ध आतंकको खतरा छ । युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ’, उनले भने ।

नेता गुरुङले सुगौली सन्धीदेखि नै नेपालको राष्ट्रिय स्वाधीनता कुण्ठित हुँदै आएको पनि बताए । खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको उनको भनाई छ ।

यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको उनले बताए । नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित गर्नुपर्ने उनको भनाई छ ।

‘खुला अवस्थाका कारण नै हामीमाथि जनसांख्यिक अतिक्रमणको समस्या परेको छ । अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको बढिरहेको समस्या परेको छ । राजश्व छलीको समस्या छ । जसले मुलुकको अर्थतन्त्रमाथि नै गम्भीर समस्या परेको छ । यस्ता समस्याले नेपालको राष्ट्रिय स्वाधिनता र अस्मितामाथि समस्या पैदा भएको छ’ उनले भने ।

 

प्रतिक्रिया सबै