how do i download a participant list from zoom zoom install for windows 10 home download zoom latest version 2021 zoom meeting setup download zoom us join meetings zoom login uk online uk - zoom login uk online uk
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

भीम रावलको प्रश्न : विदेशी फौजले मातृभूमिको छातिमाथि बुलडोजर चलाउँदा किन नबोलेको ?

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले सीमा अतिक्रमण हुँदा पनि सरकार चुप बसेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा नेता रावलले सुस्ता, कालापानी, सन्दुकपुर लगायतका देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा पर्दा पनि सरकारले भारतसँग वार्ता गर्न नसकेको आरोप लगाए ।

‘सरकार सीमानाको रक्षाका कुरामा किन बौल्दैनन् । उहाँहरु संवेदशील हुनुहुन्न । कालापानीमा विदेशी फौज आएर मातृभूमिको छातिमाथि बुलडोजर चलाउँदा किन नबोलेको ?’ रावलले भने ।

चीनसँगको सीमामा केही विवाद भएको भए हाल परराष्ट्रमन्त्री डा. नारायण खड्का चीनमा रहेकै बेलामा वार्ता गर्नुपर्ने उनको भनाई छ । उनले भने— ‘परराष्ट्रमन्त्री चीन भ्रमणमा हुनुहुन्छ, त्यहाँ वार्ता गर्नुस् र चीनसँग सीमाका बारेमा केही विवाद भएको हो वा होइन, नेपाली जनतालाई खबर दिनुहोस् ।’

‘नागरिकता लिनलाई नेपालीसँग विवाह गर्ने महिलाले ७ वर्ष कुर्नुपर्छ भन्दा भारतबिरोधी काम भयो भन्न मिल्छ रु हरेक देशमा यति वर्षपछि भन्ने त कानून छ । अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व हुन्’ उनले भने ।

प्रतिक्रिया सबै