zoom meeting gratis download download zoom meeting for pc zoom app encryption zoom client for meetings install for all users zoom download gratis
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

महावीर पुनलाई दाहाल यज्ञनिधि पुरस्कार

 बुधबार, साउन २५ २०७९  

काठमाडौं। यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिने भएको छ ।

बुधबार साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा उनको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक महावीर पुनलाई प्रदान गर्ने घोषणा भएको हो ।

पुरस्कारको राशी एक लाख ५० हजार रूपैयाँ रहेको दाहाल यज्ञनिधि सुधा सदनका सचिव ठाकुर बेल्बासेले जानकारी दिए । पुन देश बाहिर रहेकाले उक्त पुरस्कार भदौ ४ गते शनिबार राजधानीमा विशेष कार्यक्रम गरेर प्रदान गरिनेछ ।

दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’नामक संस्था दर्ता भएको हो । संस्थाको अक्षयकोशमा ५१ लाख रूपैयाँ राखिएको छ । अक्षय कोषको व्याजबाट दाहालका कृति प्रकाशन, स्मृतिग्रन्थ प्रकाशन, शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट प्रतिभालाई सम्मान गरिने संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले जानकारी दिए ।

प्रतिक्रिया सबै