download private zoom recording change desktop size windows 10 - change desktop size windows 10 unh zoom download desktop zoom software free download zoom version 5.5.0 download
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

सप्तरीको डाक्नेश्वरीमा आगलागीबाट ११ घर नष्ट

 बुधबार, साउन २५ २०७९  

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आज आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख मीरा यादवले जानकारी दिए ।

आगलागीबाट गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको नगर उपप्रमुख यादवले बताए ।

आगलागीबाट घर, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर र पशु चौपायासहित लाखौँको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन् । डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवले आज आगलागी पीडितसँग भेटघाट गरी नगरपालिकाले तत्काल राहतको व्यवस्था मिलाउने बताए ।

प्रतिक्रिया सबै