download zoom meeting app for pc zoom install windows 10 64 bit zoom for g suite download zoom business meeting download zoom login uk online uk - zoom login uk online uk audio not working in zoom pc - audio not working in zoom pc download zoom app zoom installation failed error 10002
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

ताइवान भ्रमणबाट पछुतो छैन, चीनको दबाब स्वीकारिन्न : न्यान्सी पेलोसी

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानलाई अमेरिकाको साथ छ भन्ने सन्देश दिन आफूले ताइवान भ्रमण गरेको बताएकी छन् । उनले ताइवानमाथि चीनको दबाब अमेरिकालाई स्वीकार्य नहुने पनि बताएकी छन् ।

पेलोसीले यही साउन १७ ताइवान भ्रमण गरेकी थिइन् । उनको भ्रमणका कारण चीन-अमेरिका र चीन-ताइवानबीच तनाव बढेको थियो । उनी ताइवानबाट फर्किएलगत्तै चीनले ताइवान वरपर सैन्य अभ्यास गरेको थियो । उक्त सैन्य अभ्यास चीनले अन्त्य भएको घोषणा गरेको छ ।

चिनियाँ सैन्य अभ्यास सकिएलगत्तै पेलोसीले ताइवानको लोकतन्त्रलाई समर्थन गर्न र ताइवान एक्लो छैन भन्ने सन्देश दिन आफूले त्यहाँको भ्रमण गरेको बताएको बीबीसीले जनाएको छ ।

 

प्रतिक्रिया सबै