zoom installation failed 10003 - zoom installation failed 10003 download zoom recording from shared link firefox zoom app windows 10 download uw download zoom how download zoom zoom for classroom download commodores zoom free download desktop zoom free download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ती जे पनि गर्ने प्रवृत्ति आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताए ।

‘मबाट सुरू गर्ने प्रवृति व्याप्त छ । ‘म’ ले पाइन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृत्तिलाई अन्त्य गरेरै छाड्नुपर्छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्छ र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्छ ।’

अध्यक्ष नेपालले जनताका समस्याहरूलाई बुझ्ने गरी पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशनपनि दिए ।

 

प्रतिक्रिया सबै