my zoom download india zoom app zoom error code 5003 windows 10 zoom app for pc zoom alarm free download zoom app meeting download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

हारगुहार गरिरहेका मिटरब्याजी पीडितहरुको धर्ना

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । मिटरब्याजीबाट पीडित बनेकाहरु नवलपरासीदेखि आएर काठमाडौंको माइतीघरमा दुईसातादेखि धर्ना दिइरहेका छन् । उनीहरु राति भने पशुपतिमा अस्थायी टहरामा बस्ने गरेका छन् ।

अघिल्लो पटक मिटरब्याजीलाई कारबाही गर्ने सरकारको आश्वासन पाएपछि फर्किएका उनीहरु माग पुरा नभएको भन्दै फेरि काठमाडौं आएका हुन् ।

उनीहरु काठमाडौं आएर धर्ना दिन थालेको करिब २ हप्ता हुन लागिसकेको छ । तर, सरकारले भने उनीहरुको माग सम्बोधन त वास्ता नै गरेको छैन ।

साहु महाजनको नाम नै किटेर उजुरी दिँदा र धर्ना बस्दा पनि सरकारबाट उनीहरुले अहिलेसम्म आश्वासन बाहेक केही पनि नपाएका हुन् ।

आफ्नो सर्वस्व बेच्दा पनि साहुको ऋण तिर्न नसक्ने र ब्याजमाथि ब्याज थपिँदै गएपछि उनीहरु काठमाडौं आएर सरकारसँग हारगुहार गरिरहेका छन् ।

प्रतिक्रिया सबै