३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

एमाले केन्द्रीय सदस्यमा ४ जना मनोनीत

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा चारजना मनोनित भएका छन् । विभिन्न पार्टीबाट प्रवेश गरेका चारजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले जीवन गौतम, धर्मदत्त देवकोटा, बृजेश गुप्ता र अमृत राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । त्यस्तै नवराज पौडेललाई केन्द्रीय सल्लाहकार मनोनयन गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

जीवन र धर्मदत्त माओवादीबाट एमाले प्रवेश गरेका हुन् भने बृजेश गुप्ता मधेसवादी दलबाट र अमृत राजवंशी कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए । सल्लाहकारमा मनोनीत बागलुङका पौडेल केही दिनअघि कांग्रेसबाट एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया सबै