vmware zoom download zoom join meeting id number free zoom ap download zoom connect download zoom for windows free download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

केपी ओलीको नेतृत्वमा एमाले निर्वाचन परिचालन कमिटी

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन् ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै केन्द्रीय विभागका सचिवहरु रहनेछन् ।

बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ ।

केन्द्रीय सदस्यमा ४ जना मनोनीत
एमालेको केन्द्रीय सदस्यमा चारजना मनोनित भएका छन् । विभिन्न पार्टीबाट प्रवेश गरेका चारजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

केन्द्रीय सचिवालयको बीहीबार बसेको बैठकले जीवन गौतम, धर्मदत्त देवकोटा, बृजेश गुप्ता र अमृत राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

त्यस्तै नवराज पौडेललाई केन्द्रीय सल्लाहकार मनोनयन गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

जीवन र धर्मदत्त माओवादीबाट एमाले प्रवेश गरेका हुन् भने बृजेश गुप्ता मधेसवादी दलबाट र अमृत राजवंशी कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए । सल्लाहकारमा मनोनीत बागलुङका पौडेल केही दिनअघि कांग्रेसबाट एमाले प्रवेश गरेका थिए ।

मधेश सह-इन्चार्जमा रामदयाल मण्डल
यस्तै एमालेले केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । सचिवालय बैठकले रामदायल मण्डललाई मधेश प्रदेशको सहइन्चार्ज चयन गरेको छ ।

एमालेले सरोज यादवलाई महोत्तरी, श्रवण यादवलाई धनुषा र कृष्ण थापालाई कास्की इन्चार्ज तोकेको छ ।

एघार विभागमा सचिव चयन
एमालेको सचिवालय बैठकले एघार वटा विभागको सचिव चयन गरेको छ ।
— उद्योग वाणिज्य तथा आपूर्ति समितिको सचिव सुन्दर भुसाल पर्वत ।

— कृषि तथा पशुपंक्षी विकास सचिवमा बिमल शर्मा ।

— पुस्ताकालय तथा अभिलेख समितिको सचिवमा सुरज अधिकारी ।

— पर्यटन तथा नागरिक उड्ययन विभागको सचिवमा घनेन्द्र श्रेष्ठ ।

— युवा तथा खेलकुद विभागको सचिवम मेघराज पौडेल ।

— भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने ।

— भौतिक व्यवस्था तथा यातायात विभागको सचिवमा एसपी शर्मा ।

— गरिबी निवारण तथा सहकारी विभगको सचिवमा सुरज ढकाल ।

— विज्ञान तथा प्रविधि विभागको सचिवम सञ्जिव रोकाया ।

— सामाजिक सुरक्षा विभागको सचिवमा पुस्कर खाती ।

— सहकारी विकास विभागको सचिवमा गजेन्द्र थपलिया ।

बाँकी विभागका सचिवहरु भने यसअघिको बैठकले चयन गरिसकेको छ ।

 

प्रतिक्रिया सबै