१० असार २०८१, आईतवार Sunday 23 June, 2024

सत्ता गठबन्धन सिट बाँडफाँटमा वर्तमान सांसद संख्यालाई आधार बनाउने समझदारी

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । सत्तारुढ दलहरुबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको संख्यालाई आधार बनाउने समझदारी भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी भएको हो ।

‘दलको प्रत्यक्ष र समानुपातिकतर्फ उपस्थितिको सेरोफेरोमा सहमति गर्ने मोडालिटीमा जानुपर्छ’ माओवादी केन्द्रका नेता देव गुरुङले भने ।

एउटै निर्वाचनको मतको आधारमा तालमेलको मोडालिटी बनाउन नसकिने पनि उनले बताए । स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले सबै पालिका र पदमा उम्मेदवारी नदिएका कारण त्यसको मतलाई आधार मान्न नसकिने गुरुङको भनाई छ ।

उनले आगामी सोमबार दलहरुले आन्तरिक छलफलपछि आआफ्ना अडानसहित पुनः बैठक बस्ने सहमति भएको बताए । गठबन्धनको अर्को बैठक ३० साउनमा बस्ने भएको छ ।

प्रतिक्रिया सबै