३ बैशाख २०८१, सोमबार Monday 15 April, 2024

चुनावमार्फत् कांग्रेस नेतृत्वको सरकारलाई बिदाइ गर्नुपर्छ : ओली

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय निर्वाचन चुनौतीपूर्ण रहे पनि बहुमत ल्याउने गरी अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले संसदीय चुनावमार्फत् सरकारबाट कांग्रेसको नेतृत्वलाई बिदाइ गर्ने गरी अघि बढ्नु पर्ने बताए ।

ओलीले जनतामाझ जाँदा कांग्रेस नेतृत्वको सरकारले मुलुकमा बर्बादी गरेको विषयलाई प्रमुख एजेन्डा बनाउनुपर्ने बताए ।

ओलीको भनाइ उद्धृत गर्दै एमाले सचिव युवराज ज्ञवालीले एमालेको बहुमत ल्याउने गरी आन्तरिक तयारीमा ध्यान केन्द्रित गर्नुपर्ने बताएको जानकारी दिए । यसका निम्ति पार्टी प्रवेश अभियानलाई तीव्रता दिनुपर्ने उनले बताए ।

‘हामीले अब सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरौं । बहुमत ल्याउने गरी आन्तरिक तयारी गरौं । पार्टीमा आउनेहरूलाई स्वागत गर्दै प्रवेश अभियानलाई तीव्रता दिऔं। एमालेको बहुमतबिना मुलुकको समृद्धि सम्भव छैन भन्ने कुरा जनतालाई बुझाऔं,’ बैठकमा ओलीले भने ।

 

प्रतिक्रिया सबै