zoom app download for microsoft download zoom free version join zoom meeting with id & passwords saved zoom laptop download zoom app capacity zoom join meeting using meeting id - zoom join meeting using meeting id latest zoom version download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

फेसबुकमा महिलालाई ब्ल्याकमेल गर्ने १ व्यक्ति पक्राउ

 शुक्रबार, साउन २७ २०७९  

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमर राजथला हुन् ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा नक्कली प्रोफाइल मार्फत महिलालाई साथी बनाई मेसेन्जरमा सम्वाद गर्ने क्रममा पीडकको अश्लिलता प्रदर्शन गर्न लगाई सो को स्क्रिन सट लिई सामाजिक सञ्जालमा प्रशारण गरी अपमान बेइज्जत गरी दिन्छु भन्दैं बाध्य पारी पीडित महिलालाई ब्ल्याकमेल गरी आर्थिक लाभ लिन खोजेको र उक्त अभिप्राय पूरा नभएपश्चात पीडितका आफन्त तथा साथीहरुलाई समेत अश्लिलता प्रदर्शनसंग सम्वन्धीत रेकर्ड पठाई महिलालाई मानसिक यातना तथा हैरानी दिने जस्ता कार्य गरेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया सबै