zoom conference download pc zoom download on desktop why won't the zoom app download zoom for laptop free download download zoom_amd64.deb download zoom app on windows 10 zoom app for windows 10 64 bit zoominfo login issues - zoominfo login issues
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

नाइजेरियामा सैनिक कारबाही हुदाँ २९ जना मारिए

 शुक्रबार, साउन २७ २०७९  

काठमाडौं । नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जना मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ ।

अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ । कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले पत्रकार सम्मेलनमा बताएका हुन् ।

आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताए । आज मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाकु हुन् ।

देशका विभिन्न भागमा हिंसात्मक गतिविधि गर्दै आएको बोको हराम समूहविरुद्ध सेनाले सशक्त अभियान सञ्चालन गर्दै आएको छ । सैनिक कारबाहीका बीच उक्त समूहका केही सदस्यले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका छन् ।

प्रतिक्रिया सबै