९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

 शनिबार, साउन २८ २०७९  

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हुने भएको छ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुनेछ।

पर्सि बस्ने कार्यदलको बैठकमा सत्तारुढ दलहरूले सिट संख्या बाँडफाँड गर्ने भएका कारण त्यसबारेमा पनि बैठकमा छलफल गर्ने तयारी छ।

भदौ २ देखि सुरु हुने देशव्यापी संगठन सुदृढीकरण अभियान र साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा समेत छलफल हुनेछ।

 

प्रतिक्रिया सबै