cca.zoom.us/download download zoom installer.exe free download zoom meeting 2021 zoom meeting room app how do you work zoom app
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

ओली र अध्यक्ष लिङ्देनबीच भेटवार्ता

 शनिबार, साउन २८ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । उनहरुबीच शुक्रबार ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

भेटवार्तामा एमाले र राप्रपाकाबीच चुनावी तालमेलका विषयमा छलफल भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उनीहरुबीच भेटवार्तामा चुनावी तालमेल र सहकार्यका विषयमा सामान्य छलफल भएको र त्यसका लागि संवाद सुरु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सबैसँग संवादको ढोका खुल्ला राखेको उनको भनाइ छ । यसबारेमा पार्टीको अब बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थप निर्णय गर्ने छ । अध्यक्षद्वय ओली र लिङदेनबीच स्थानीय निकायको निर्वाचनपछि पहिलोपटक भेटवार्ता भएको हो ।

प्रतिक्रिया सबै