singapore pcr test how long for results zoom meeting download recording joining a zoom meeting online - joining a zoom meeting online zoom 2020 download why is my audio not working on zoom windows - why is my audio not working on zoom windows
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

विचार र व्यवहारप्रति माओवादी नेताहरु धर्मराए : प्रचण्ड

 शनिबार, साउन २८ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरु व्यक्तिवादी भएको बताएका छन् । शनिबार दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका नेताहरु व्यक्तिवादी हुँदा समस्या बढेको र नेताहरूलाई मिलाउन नसक्ने अवस्था रहेको बताए ।

माओवादीका नेताहरु एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको भन्दै उनले नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती सबैभन्दा ठूलो भएको पनि सुनाए । नेता मिलाउन सके जनता माओवादीको पक्षमा एकढिक्का रहेको उनको जिकिर छ । मधेसमा पार्टी प्रवेशको लहर भए पनि पार्टीकै नेताहरू एकअर्काविरुद्ध उत्रिएको प्रचण्डको भनाई छ ।

 

‘हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ’, अध्यक्ष प्रचण्डले भने ।

प्रचण्डले स्थानीय तहको निर्वाचनमा १७५ तह जित्ने अनुमान रहेको भए पनि पार्टीभित्रैको अन्तरविरोधका कारण ५० सिट गुमाएको उनले बताए । ‘यो अरु कुनै कारणले, जनताले विश्वास नगरेर होइन, बरु हामीभित्रैको अन्तरविरोधका कारण हामीले नै जनतालाई विभाजन गर्न पुग्दा हार्न पुग्यौं,’ उनले भने ।

पार्टीको विशेष महाधिवेशन बोलाउने तयारी
यस्तै प्रचण्डले चाँडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने पनि बताए । आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए । कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले एक सय ७५ तहमा जित्ने अनुमान गरेकोमा पार्टीभित्रको आचरणका कारण ५० स्थान गुमाएको पनि बताए । माओवादी नेता कार्यकर्ताले आचरण सुधार गर्न अवश्यक रहेको उनको भनाई छ । ‘व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक छ’, उनले भने ।

विचार र व्यवहारप्रति नेताहरू धर्मराएको उनले बताए । उनले प्रदेश र संघको निर्वाचन आउँदै गरेको र जनताको आर्कषण माओवादी केन्द्रप्रति व्यापक रहेको उनको भनाई छ । यसलाई जोगाउन आग्रह गर्दै उनले वाम एकताको प्रयास पनि जारी रहेकोले वामपन्थी आन्दोलनबाटै पहिलो पार्टी बन्ने पूरै सम्भावना रहेको उनले बताए । ‘पार्टीलाई एकताबद्ध गर्ने, जनमतलाई जोड्ने संकल्प आजकै कार्यक्रमबाट लिन जरुरी छ’, उनले भने ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानमा आउने नयाँ नेतृत्वले पार्टीले लिएको नीतिलाई अझै अघि बढाउने विश्वास पनि व्यक्त गर्दै उनले भने, ‘नयाँ पदाधिकारीले प्रतिष्ठान र पार्टीको नीतिलाई अझै राम्रोसँग अघि बढाउने छ । कमरेड बोगटीको सोचलाई अझै धेरै माथि पुर्याउने छ ।’

डाक्टर र वैद्यभन्दा बोगटी राम्रो थिए !
कार्यक्रममा स्व. बोगटी धेरै पढेलेखेको नभए पनि पार्टीभित्र रहेका धेरै डाक्टर र वैद्यहरूभन्दा राम्रो काम गरेको प्रचण्डले बताए । ‘अहिले पार्टीभित्रका नेता कार्यकर्ताको आचरणप्रति धेरैको असन्तुष्टि छ । उनीहरू आत्मकेन्द्रित, स्वार्थ केन्द्रीत भएको गुनासो छ । हामीले पनि अनुभव गरिरहेका छौं । तर, आज समाजले अर्को व्यवहार मागिरहेको छ । यो अन्तरविरोधलाई समाधान गर्नुपर्छ’, उनले भने ।

स्व.बोगटीको आचरण र व्यवहार सधै एकनास रहेको उनले सम्झिए । उनले सम्झिए, ‘बोगटीको जीवन र मृत्यु दुवै सरल रह्यो । पार्टी अप्ठयारो हुँदा उनी सँधै अघि सर्थे । पार्टीको माथिल्लो तहको अन्तरविरोधलाई पनि समाधान गर्ने अद्भूत क्षमता उनको थियो’ पार्टीभित्रका डाक्टर र वैद्यहरूलाई समेत मिलाउन सक्ने क्षमता उनमा रहेको उनले बताए । अहिले उनका यस्ता गुण अझै पनि आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया सबै