३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छु : ओली

 शनिबार, साउन २८ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पत्ति राज्यको नाममा गरिदिएको जिकिर गरेका छन् । शनिबार लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो अधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले आफ्नो सबै सम्पत्ति राज्यको नाममा गरिदिएको बताएका हुन् ।

‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स सबै’, उनले भने ।

यस्तै अध्यक्ष ओलीले प्रश्न गरे- ‘मैलेजस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?’

एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको उनले आरोप लगाए । एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धनमा पुगेको उनको भनाई छ ।

एक्लाएक्लै चुनाव लड्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन सठबन्धन बनिरहेको छ । पाँच दलले नपुगेर अझ गठबन्धन विस्तार गर्न लागिएको छ’, उनले भने । एक्लाएक्लै चुनाव लडेर चुनावपछि गठबन्धन गर्नु उपयुक्त हुने उनको भनाई छ ।

प्रतिक्रिया सबै