कांग्रेसले राजनीतिलाई दुश्मनीतर्फ लग्यो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीतिकलाई दुश्मनीतर्फ लैजाँदा बाह्य शक्तिले फाइदा लिन सक्ने बताएका छन् ।
लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रममा उनले नेपाली कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको आरोप समेत लगाए ।
‘देशभित्र जनताका बीचमा दुश्मनी भयो भने विकृत रुप लिन्छ, त्यसले अरुलाई फाइदा हुन्छ’, उनले भने । सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको आरोप आरोप लगाउँदै उनले भने— ‘लोकतन्त्रमा सत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन, सत्रुता गर्न खोजिरहेका छन्’ ओलीले भने ।
विगतमा जातीय, क्षेत्रीय, नारा लगाउनेहरु अहिले राजनीतिमा दुश्मनी गर्न लागेको उनको भनाई छ । ‘राजनीतिमा प्रतिस्पर्धा गरौं न मारामार किन गर्ने, चुनाव लडौं न मारामार किन गर्ने, भोट खसाऔं न गठबन्धनकाले एक्लै लड्न कसैले आँट गरेनन्’ ओलीले भने ।
कांग्रेस लौरो टेकेर पनि अडिन नसक्ने भएको उनले टिप्पणी गरे । ‘लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लैजान खोजिरहेको छ, प्रतिस्पर्धातिर होइन’ उनले भने, ‘दुष्मनीतर्फ लडाइँ झगडातर्फ लैजान खोजेको छ । जुन देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ ।’
मुलुकको राजनीतिकलाई दुश्मनीतर्फ लैजाँदा बाह्य शक्तिले फाइदा लिन सक्ने ओलीले बताए । ‘देशभित्र जनताका बीचमा दुश्मनी भयो भने विकृत रुप लिन्छ, त्यसले अरुलाई फाइदा हुन्छ’ उनले भने ।
सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छु
अध्यक्ष ओलीले आफ्नो सबै सम्पत्ति राज्यको नाममा गरिदिएको जिकिर गरेका छन् । ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स सबै’, उनले भने ।
यस्तै अध्यक्ष ओलीले प्रश्न गरे— ‘मैलेजस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?’ एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको उनले आरोप लगाए । एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धनमा पुगेको उनको भनाई छ ।
एक्लाएक्लै चुनाव लड्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन सठबन्धन बनिरहेको छ । पाँच दलले नपुगेर अझ गठबन्धन विस्तार गर्न लागिएको छ’, उनले भने । एक्लाएक्लै चुनाव लडेर चुनावपछि गठबन्धन गर्नु उपयुक्त हुने उनको भनाई छ ।