९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

सबै दल मिलेपनि एमाले एक्लैले ३९ सिट जित्छ : विशाल भट्टराई

 शनिबार, साउन २८ २०७९  

काठमाडौं । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आगामी निर्वाचनमा एमालेले ३९ सिट जित्ने दावी गरेका छन् ।

शनिबार बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता भट्टराईले एमाले एक्लैले ३९ सिट जित्ने बताएका हुन् ।

‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्याङ्क अध्यक्षलाई बुझाएका छौं’, उनले भने । बाँकी ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने उनको भनाई छ ।

उनले उम्मेदवार चयन, पार्टीभित्रको एकता र चुनावी माहोल राम्रो बनाउन सक्दा ती ७० क्षेत्रमा पनि एमालेले जित्ने बताए । एमालेले ५ सिट जित्छ भन्नेहरुले स्थानीय चुनावको नतिजा बिर्सेको उनको भनाई छ ।

‘सबै दल एकातिर लाग्दा पनि ३८ लाख मत पाएको छ, २०६ स्थानीय तह जितेको छ’, उनले भने ।

 

प्रतिक्रिया सबै