१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

जनता एमालेलाई बहुमत दिन दृढ छन् : ओली

 शनिबार, साउन २८ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जनताले एमालेलाई बहुमत दिने दावी गरेका छन् । लोकतान्त्रिक शेर्पा संघ, नेपालद्वारा शनिबार काठमाडौँमा आयाोजित कार्यक्रममा अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले जति प्रयास गरे पनि आगामी निर्वाचनमा जनता एमालेलाई बहुमत दिन दृढ रहेको बताएका हुन् ।

एमालेको बहुमत आउन नदिन सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको भन्दै उनले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आमजनता दृढ रहेको जिकिरे गरे ।

‘म जहाँ जान्छु, जहाँ पुग्छु, जुन भेगका जनतासँग भेट्छु, अन्तरक्रिया गर्छु, कुराकानी गर्छु, संवाद गर्छु । म त्यहाँ देख्छु–जनता समृद्ध नेपाल सुखी नेपाली बनाउनका निम्ति कृत संकल्पित छन् । जनता दृढ अठोटका साथ अघि बढेका छन् ।’

सेना र प्रहरीसमेत एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको बताए ।

‘पाँच दलीय गठबन्धन कहिले आठ दलीय गठबन्धन बनाउने, कहिले के बनाउने भनेर कुदिराखेका छन्। यो गठबन्धन किन बनाउनु पर्यो ?’ ओलीले भने— ‘यति साह्रो गठबन्धन किन बनाउन पर्यो । यो गठबन्धन, सठबन्धन सबै एमालेलाई बहुमतबाट रोक्नका लागि हो ।’

आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने दोहोर्याउँदै अध्यक्ष ओलीले देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको बताए ।

कांग्रेसले राजनीतिलाई दुश्मनीतर्फ लग्यो
यस्तै ओलीले मुलुकको राजनीतिकलाई दुश्मनीतर्फ लैजाँदा बाह्य शक्तिले फाइदा लिन सक्ने बताए । कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको आरोप लगाए ।

‘देशभित्र जनताका बीचमा दुश्मनी भयो भने विकृत रुप लिन्छ, त्यसले अरुलाई फाइदा हुन्छ’, उनले भने । सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको आरोप आरोप लगाउँदै उनले भने— ‘लोकतन्त्रमा सत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन, सत्रुता गर्न खोजिरहेका छन्’ ओलीले भने ।

विगतमा जातीय, क्षेत्रीय, नारा लगाउनेहरु अहिले राजनीतिमा दुश्मनी गर्न लागेको उनको भनाई छ । ‘राजनीतिमा प्रतिस्पर्धा गरौं न मारामार किन गर्ने, चुनाव लडौं न मारामार किन गर्ने, भोट खसाऔं न गठबन्धनकाले एक्लै लड्न कसैले आँट गरेनन्’ ओलीले भने ।

कांग्रेस लौरो टेकेर पनि अडिन नसक्ने भएको उनले टिप्पणी गरे । ‘लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लैजान खोजिरहेको छ, प्रतिस्पर्धातिर होइन’ उनले भने, ‘दुष्मनीतर्फ लडाइँ झगडातर्फ लैजान खोजेको छ । जुन देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ ।’

मुलुकको राजनीतिकलाई दुश्मनीतर्फ लैजाँदा बाह्य शक्तिले फाइदा लिन सक्ने ओलीले बताए । ‘देशभित्र जनताका बीचमा दुश्मनी भयो भने विकृत रुप लिन्छ, त्यसले अरुलाई फाइदा हुन्छ’ उनले भने ।

सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छु
अध्यक्ष ओलीले आफ्नो सबै सम्पत्ति राज्यको नाममा गरिदिएको जिकिर गरेका छन् । ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स सबै’, उनले भने ।

यस्तै अध्यक्ष ओलीले प्रश्न गरे— ‘मैलेजस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् रु’ एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको उनले आरोप लगाए । एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धनमा पुगेको उनको भनाई छ ।

एक्लाएक्लै चुनाव लड्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन सठबन्धन बनिरहेको छ । पाँच दलले नपुगेर अझ गठबन्धन विस्तार गर्न लागिएको छ’, उनले भने । एक्लाएक्लै चुनाव लडेर चुनावपछि गठबन्धन गर्नु उपयुक्त हुने उनको भनाई छ ।

 

प्रतिक्रिया सबै