कर्णालीका नवनियुक्त उद्योगमन्त्री शाहीको आज शपथ
आइतवार, साउन २९ २०७९
काठमाडौँ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । उनी गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए । शपथ आज बिहान ११ बजे हुनेछ ।
यसअघि मन्त्री रहेका गैर सांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए ।
प्रतिक्रिया
सबै