download zoom clinet download zoom para pc zoom app webinar zoom meeting app download for windows 10 pc deep zoom composer download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

मसँग उपचार गराउने पैसा पनि छैन : ओली

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । नेकपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् ।

नेपाल युवा परिषदले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको र उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए ।

सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने उनको भनाई थियो । आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको उनले बताए ।

‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौं । तपाईहरुलाई थाहा छदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईहरुले उचपार गराइदिनुभयो भने छुटै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन ।’, अध्यक्ष ओलीले भने ।

आफूले पार्टीमा परिवारवादलाई निरुत्साहित गरेको भन्दै ओलीले आफ्ना भाइ गाउँमा खेति किसानी गरेर बसिरहेको जानकारी दिए । ओलीले भने– ‘मेरो भाइ १० कठ्ठा जग्गामा हलो जोतेर बस्छ ।’ त्यसैगरी आफ्नी श्रीमतीलाई पनि राजनीतिमा नल्याएको उनले बताए ।

प्रतिक्रिया सबै