zoom.app download instant messaging app with zoom install zoom in windows 10 s mode zoom download free for windows 10 zoom online teaching app download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओ आज बन्द हुँदैछ । कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको छ ।

प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकोमा सोही आइपीओ आज बेलुका पाँच बजे बन्द हुने भएको हो ।

इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कुल ३ लाख ३१ हजार कित्ता मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्ट्याएर बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई जारी गरेको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

प्रतिक्रिया सबै