९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

मिस्टर एण्ड मिस थारुका लागि ५१ जना छनौट

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । थारु कला, सँस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ लागि ५१ प्रतियोगी भिड्ने भएका छन् । देशभर आयोजित प्रतियोगिताको प्रारम्भिक अडिसनबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धी छनौट भएका हुन् ।

प्रतियोगिताको छनौट चरणको अडिसनमा काठमाडौं, बुटवल, दाङ, विराटनगरबाट, लहानबाट, टीकापुरबाट , झुम्काबाट , वीरगञ्जबाट , भरतपुरबाट , नेपालगञ्ज लगायतमा भएको थियो । अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगी विशेष प्रशिक्षण सहित फाइनलमा उत्रिने आयोजक जहइन्टरटेनेमन्ट प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए ।

प्रतियोगिताका विजेताहरूले नगद, क्राउनलगायतका अन्य उपहारहरू पाउने छन् । सन् २०१७ देखि सुरुवात भएको थियो ।

प्रतिक्रिया सबै