why is zoom not downloading on my laptop cloud zoom meeting app download download join zoom meeting zoom english download zoom download for laptop windows zoom. us download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

चुनावमा १ करोड ३० लाखले मतदान गर्ने आयोगको अनुमान

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ करोड ८२ लाख मतदाता कायम भएका छन् । निर्वाचन आयोगका अनुसार अन्तिम मतदाता नामावली प्रकाशन भने भइसकेको छैन ।

आयोगले आइतबार ललितपुरमा मूलधार मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउने निर्वाचनमा करिब १ करोड ३० लाख मत खस्ने अनुमान गरिएको बताए ।

थपलियाले भने, ‘करिब १ करोड ८२ लाख मतदातामध्ये ४० लाख जति विदेशमा रहेको अनुमान छ । हाम्रो अनुमानमा यसपटक करीव १ करोड ३० देखि ३५ लाखसम्म मत खस्छ । यसपटक अस्थायी मतदाताको पनि व्यवस्था रहेकाले कर्मचारी, सेना, प्रहरी समेतले कार्यस्थलबाटै मतदान गर्दा मत खस्ने प्रतिशत बढ्छ ।’

आयोगले निर्वाचनमा करिब १० अर्ब रूपैयाँ निर्वाचन आयोगबाट खर्च हुने अनुमान गरेको छ । त्यस्तै १० हजार ८२५ मतदान स्थल रहने र करिब २२ हजार ५०० मतदान केन्द्र रहनेछन् ।

प्रमुख आयुक्त थपलियाले पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जुन दलको उम्मेदवार हुन्छन् वा स्वतन्त्र उम्मेदवार हुन्छन् उम्मेदवारको मात्र चुनाव चिन्ह राखेर मतपत्र छपाइ हुने बताए । यदि कुनै दलको प्रत्यक्ष उम्मेदवार छैन भने मतपत्रमा सो दलको चुनाव चिन्ह हुने छैन ।

यसपटक निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेका वृद्धाश्रममा रहेका मतदातालाई अस्थायी मतदाता सूचीमा राखिएको छ । उनीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने थपलियाले जानकारी दिए ।

प्रतिक्रिया सबै