zoom setup free download join a zoom meeting online - join a zoom meeting online free download zoom meeting for laptop zoom meeting download windows 10 deutsch - zoom meeting download windows 10 deutsch join a zoom meeting uk online - join a zoom meeting uk online join zoom meeting with id & password manager - join zoom meeting with id & password manager using the zoom app
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

प्रचण्ड र बाबुराम एउटै चुनाव चिन्हमा लड्ने !

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच आइतबार भेटवार्ता भएको थियो ।

नेसपाका अध्यक्ष यादवका अनुसार समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएको हो । दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ ।

यसबारे आ-आफ्नो दलका छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको भन्दै यादवले माओवादीकै चुनाव चिह्नमा जाने सम्भावना रहेको बताए ।

नेसपाका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने बताएको माओवादी नेताहरुको भनाई छ । नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

नेकपाका एक पदाधिकारीका अनुसार भोलि साँझसम्म लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको छ । तीन नेताबीच भएको भेटमा सत्तारुढ गठबन्धनमा नेसपाको सहभागिताबारे पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया सबै