zoom download desktop free - zoom download desktop free zoom cloud meeting app download free on pc how do i get the zoom app download zoom math 200 free fake zoom meeting app zoom meeting zoom meeting zoom - zoom meeting zoom meeting zoom zoom download for pc - zoom download for pc
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

संसदीय निर्वाचनमा चार वटा अलग-अलग मतपत्र, चुनाव चिह्न उम्मेदवारको मात्रै

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चार वटा मतपत्र हुने भएको छ । त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार ४ मंसिरको चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चार वटा अलग अलग मतपत्र हुनेछ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यो पटक प्रत्यक्षतर्फको मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारी दिएका उम्मेदवारको मात्र निर्वाचन चिह्न समावेश गरेर मत्रपत्र आयोगले छापाई गर्ने सोच बनाएको बताए ।

स्थानीय तह निर्वाचनमा दलहरुले गठबन्धन गरेपनि दर्ता भएका सबै दलको चुनाव चिह्न छापिएका कारण मतपत्र धेरै ठूलो हुनुका साथै धेरै मत बदर पनि भएको थियो । यदि आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारको मात्र चुनाव चिह्न राखेमा प्रत्यक्षतर्फ गठबन्धन गर्ने दलहरुलाई सहज हुने देखिन्छ ।

 

 

प्रतिक्रिया सबै