zoom download for windows older version zoom++ download free zoom can't download zoom error code 5003 windows 11 zoom download for windows zoom app and security zoom pcf-8n
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

काठमाडौंमा फोहोर देखेपछि हर्क साम्पाङले भने- प्रधानमन्त्री बस्ने सहरको त बिजोग रहेछ !

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यतिबेला संघीय राजधानी काठमाडौंमा आएका छन् । उनी मेयरमा निर्वाचित भएपछि पहिलो पटक काठमाडौं आइपुगेका हुन् ।

यो आर्थिक वर्षमा धरानको विकासका लागि जाने बजेट संघीय सरकारले घटाइदिएपछि निराश मेयर साम्पाङ धरानको विकासका एजेन्डासहित काठमाडौंमा गुनासो पोख्न आइपुगेका हुन् ।

उनले राजधानीको हालत ‘फोहोरको थुप्रो’ देखेर निराश व्यक्त गरेका छन् । काठमाडौंका सडक चिल्ला र फराकिला भए पनि फोहोरको डंगुरले आफ्नो मन दुखाएको फेसबुकमार्फत व्यक्त गरेका छन् ।

हर्कले खाल्डाखुल्डी बाटो भए पनि धरान नै सफा लागेको भन्दै प्रधानमन्त्री र मन्त्री बस्ने सहरको बिजोग देख्दा श्रमदान गर्न मन लागेको पनि फेसबुकमा लेखेका छन् ।

‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो । प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’, उनले लेखेका छन् ।

प्रतिक्रिया सबै