zoom meeting gratis pc zoom api connector download zoom account download zoom client free download for windows zoom download center free - zoom download center free
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

साफ यू-१७ : नेपालको पहिलो खेल भुटानसँग

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । आगामी भदौ २० देखि २९ गतेसम्म श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ ।

श्रीलंकामा हुने च्याम्पियनसिपमा दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको खेलतालिका अनुसार समूह बीमा रहेको नेपालले भदौ २२ गते भुटानसँग पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल भारतसँग भदौ २४ गते खेल्नेछ ।

समूह एमा घरेलु टोली श्रीलंकासँगै बंगलादेश र माल्दिभ्स छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल भदौ २९ गते हुनेछ ।

साफ यू-१७ च्याम्पियनसिपको लागि नेपालले अहिले तयारी गरिरहेको छ । देशभरबाट खुल्ला छनोट मार्फत प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरिएको थियो । हाल ३० खेलाडी बन्द प्रशिक्षणमा छन् ।

प्रतिक्रिया सबै