zoom meeting download app windows 10 - zoom meeting download app windows 10 zoom school download join zoom meeting online meeting id download for zoom windows zoom calling download zoom app alternative launch meeting zoom download
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

कोमल ओलीद्वारा दाङ-३ बाट चुनाव लड्ने घोषणा

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य कोमल ओलीले दाङ क्षेत्र नम्बर-३ बाट चुनाव लड्ने घोषणा गरेकी छन् । ‘मैले २०७४ सालको चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिए । पार्टीले मलाई टिकट दिएपछि हिरा कमरेड लड्नुभयो’ ओलीले भनेकी छन्, ‘यो चुनावमा एमालेबाट मैले चुनाव लड्ने तयारी गरेको छु । त्यसैअनुसार जनताको सेवामा खटिएकी छु ।’

तत्कालीन वाम गठबन्धनबाट नेकपा एमालेका नेता हिराचन्द्र केसी नेकपा एकीकृत समाजवादीतिर गएपछि ओलीले एमालेबाट चुनाव लड्ने तयारी गरेकी हुन् । केसीले पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा चुनाव लड्ने तयारी गरेका छन् । तर, नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले समेत सो क्षेत्रमा आफ्नो दाबी छाडेका छैनन् । गठबन्धन भएमा तीन नम्बर क्षेत्र गिरीले नछोड्ने अडानमा छन् ।

एमालेबाट भने ओलीले चुनाव लड्ने तयारी गरेकी छन् । तीन नम्बर क्षेत्रबाट चुनाव लड्ने भएपछि ओलीले पछिल्लो समय दाङमै बसेर राजनीतिक गतिविधि अघि बढाउँदै लगेकी छन् ।

एमालेबाट ओलीसहित तुलसीपुर उपमहानगरका निवर्तमान मेयर घनश्याम पाण्डेले पनि दाबी गरेका छन् । पाण्डे मेयर हुँदा घोराही तुलसीपुर सडक खण्डको ठेक्का आफ्नो छोरालाई दिएका थिए । सो सडक समयमै सम्पन्न नहुँदा उनी बदनाम छन् । त्यसैले ओलीले एमालेबाट टिकट पाउने सम्भावना बढी छ ।

यस क्षेत्रमा बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका पर्छन् । तुलसीपुर उपमहानगरपालिकामा १ देखि १५ वडा पर्छन् भने अरु वडा क्षेत्र नम्बर २ मा पर्छन् । गत वैशाख ३० गतेको स्थानीय चुनावमा तीन गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुबै काँग्रेसले जितेको छ । तुलसीपुरका मेयर र उपमेयर मात्रै एमालेले जितेको छ ।

प्रतिक्रिया सबै