३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

विवेकशील साझाको अध्यक्ष समीक्षा बास्कोटा

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । विवादमा पर्दै आएको विवेकशील साझा पार्टीले नयाँ नेतृत्वमा सहमति जुटाएको छ । विवेकशीलले नयाँ अध्यक्षमा स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाको नाममा सहमति जुटाएको हो ।

अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीचको विवादले छिन्नभिन्न भएको थियो । मिश्रले राजीनामा दिएपछि समीक्षा विवेकशील साझाको नेतृत्वमा पुग्ने पक्का भएको हो । समीक्षा रवीन्द्रकै विश्वासपात्र हुन् ।

समीक्षालाई निर्देश सिलवाल, भीम अधिकारी, विराजभक्त श्रेष्ठहरूको पनि साथ रहेको बताइएको छ । यसबारेमा पार्टीमा प्रस्ताव राखिएको थियो ।

समीक्षा अध्यक्ष हुँदा सञ्जीव भट्टराई संयोजक हुने गरी छलफल भइरहेको बताइएको छ । मिश्रले स्थानीय निर्वाचनमा हारका कारण नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

विवेकशील साझा विभाजित अवस्थामा
विवेकशील साझा विभाजित अवस्थामा छ । एउटा समूह मिश्रको र अर्को मिलन पाण्डे नेतृत्वको समूह छ । मिश्र पक्षले कारबाही गरेपछि पाण्डे समूह नयाँ पार्टीलाई अघि बढाउने तयारीमा छ ।

पाण्डेले मिश्रविरुद्ध अदालतमा मुद्दा पनि हालेका थिए । पाण्डे स्वतन्त्र उम्मेदवारसहितका नेतालाई समेटेर पार्टी पुनर्गठन अभियानमा छन् ।

आफ्नो ‘विचारभन्दा माथि देश’ दस्तावेजको विरोध गरेपछि अध्यक्ष मिश्रले पार्टीबाट निकालेका पाण्डेले विवेकशील साझा पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत पुनर्गठन गर्ने बताएका छन् ।

गत स्थानीय तहको चुनावमा पार्टीको लज्जास्पद हार भएपछि मिश्रले पनि अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया सबै