download a zoom app free download zoom cloud meeting pc zoom global network download zoom app download for pc windows 10 zoom cn download legal zoom not able to download zoom meeting app download for pc 64 bit - zoom meeting app download for pc 64 bit
११ आश्विन २०७९, मंगलवार Tuesday 27 September, 2022

बेलायतमा १० हजार नर्स पठाउने तयारी

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेपाली नर्सलाई बेलायत पठाउनका लागि गृहकार्य गरिरहेको छ । नर्सिङ जनशक्ति बेलायत पठाउन भदौ ६ (२२ अगस्ट)मा नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता हुने तय भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेलका अनुसार बेलायत सरकारले १० हजार नर्सिङ जनशक्तिको माग गरेपनि पहिलो चरणमा पाइलट बेसमा केही संख्यामा मात्रै नर्सहरू पठाउने मन्त्रालयले तयारी गरेको छ ।

सन् २०२१ नोभेम्बरमा बेलायत सरकारले नेपालबाट १० हजार हेल्थ प्रोफेस्नल रोजगारीका लागि लैजाने प्रस्तावअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मीको पठाउनका लागि जीटूजी मार्फत प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

बेलायत सरकारबाट माग भएबमोजिम नर्सिङ जनशक्ति पठाउने योजनाअनुरूप पछिल्लोपटक बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’, ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको छलफलबाट श्रम समझदारीपत्रको मस्यौदा तयार पारिएको छ ।

गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को स्वीकृतिपछि बेलायत सरकारले माग गरेअनुसार १० हजार नर्सिङ जनशक्ति पठाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

पहिलो चरणमा पाइलट बेस परीक्षणका लागि केही संख्यामा नर्स पठाउने र उनीहरूको सेवा सुविधालगायतका अवस्था हेरेर थप जनशक्ति पठाउने मन्त्रालयले तयारी थालेको छ । १० हजार नर्सलाई कुनै शुल्क नलिई बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा पठाउने सरकारको तयारी छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुन तहको नर्सिङ जनशक्ति पठाउने भन्नेबारे सार्वजनिक नगरे पनि बेलायत पठाउनका लागि ह्युमन रिसोर्स म्यापिङ भने गरिएको र १५ हजार बेरोजगार नर्सिङ जनशक्ति मध्येबाटै पठाउने तयारी भएको छ ।

महाशाखा प्रमुख पोखरेलले भने बेलायत जानका लागि दुई वर्ष नर्सिङ अनुभव हुनुपर्ने र आईएलटीएस गर्नुपर्ने बताएका छन् । नेपाल नर्सिङ संघले बेलायतले ‘स्टाफ नर्स’ लैजान चाहेको जनाएको छ । संघका अध्यक्ष मनकुमारी राईका अनुसार बेलायतले १० हजार स्टाफ नर्स माग गरेको जानकारी बेलायतमा कार्यरत नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन यूकेले दिएको छ ।

नेपालमा हालसम्म ६४५ जना स्पेसलिस्ट, ७२ हजार ५५० जना नर्स, ३१ जना मिडवाइफ, ३६ हजार ७७४ जना एएनएम, तथा ८४७ जना फरेन नर्स दर्ता भएका छन् । यीमध्ये २५ प्रतिशत नर्स रोजगारीका लागि अस्ट्रेलिया तथा अरेबियन देशहरूमा जाने गरेको नेपाल नर्सिङ परिषद्को तथ्यांक रहेको छ ।

प्रतिक्रिया सबै