९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

सरकारलाई गठबन्धनले भन्यो- महँगी नियन्त्रण र काठमाडौंका फोहोर व्यवस्थापन गर्नू

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । सत्ता गठबन्धनले सरकारलाई सार्वजनिक सरोकारका दुई विषयमा तत्काल कदम चाल्न सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले उपत्यकामा केही दिनदेखि फोहोर व्यवस्थापन हुन नसकेको भन्दै फोहोर व्यवस्थापनमा आवश्यक पहल गर्न सरकारलाई सुझाव दिएको हो ।

‘उपत्यका क्षेत्रमा केही दिनदेखि फोहोर व्यवस्थापन हुन नसक्दा देखिएको समस्या समाधानका लागि आवश्यक पहल कदमी गर्न सरकारलाई सुझाव गठबन्धन बैठकले दिएको छ’, सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने ।

यस्तै महँगी नियन्त्रणका अनुगमनलाई चुस्त र प्रभावकारी बनाउन पनि सरकारलाई गठबन्धनले सुझाव दिएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिक्रिया सबै