१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

सिट बाँडफाँट कार्यदललाई छिटो कार्यसम्पादन गर्न गठबन्धनको निर्देशन

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट कार्यदललाई छिटो कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो ।

कार्यदललाई गठबन्धनले आम निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन साउन मसान्तसम्मको समय सीमा दिएको थियो ।

गठबन्धनमा रहेको पाँद दलबीच आगामी निर्वाचनमा पनि गठबन्धन कायम राख्ने सहमतिपछि सिट बाँडफाँटमा छलफल जारी रहेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट तीन र अन्य गठबन्धन दलहरूबाट दुई दुई जना सदस्य रहेका छन् ।

 

प्रतिक्रिया सबै