zoom meeting download windows 10 laptop how do i download zoom on my pc zoom para pc gratis online - zoom para pc gratis online zoom install for all users zoom meetings client download is pcr testing reliable
११ आश्विन २०७९, मंगलवार Tuesday 27 September, 2022

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । संघीय संसदका दुवै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएकी छन् ।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक राष्ट्रपतिको कार्यालयले आइतवार फिर्ता पठाइदिएको हो ।

राष्ट्रपतिको कार्यालयले विधेयकको नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक रहेकोले फिर्ता पठाइएको उल्लेख गरेको छ ।

‘नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ’, राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत भनेका छन् ।

प्रतिक्रिया सबै