१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

रुपेन्देहीमा गोली चल्यो, एक जना घाइते

 सोमवार, साउन ३० २०७९  

काठमाडौँ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका छन्।

रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा गुरुङ घाइते भएका हुन्।

गए राति पौने ९ बजे भएको सो घटनामा घाइते भएका गुरुङको युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका गुरुङलाई गोली प्रहार गरे पछि सो समूहले सिदार्थ कटेजबाट २५ हजार लुटपाट गरेर भागेका छन्। गोली प्रहार र लुटपाटमा सलग्नहरुको खोजी जारी रहेको एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया सबै