free download zoom.us for pc download zoom uk zoom meeting joining 2010 zoom installer free download zoom download on hp laptop zoom meeting download app for pc - zoom meeting download app for pc login to zoom meeting with id - login to zoom meeting with id zoom client app download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

राष्ट्रपति भण्डारी आज पोखरा जादैं

 सोमवार, साउन ३० २०७९  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा जाने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा पुग्ने छिन् ।

पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् । आज उनी ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

राष्ट्रपति भण्डारी मंगलबार बिहान विन्ध्यवासिनी मन्दिरको दर्शन गर्नेछिन् । त्यसपछि उनी विन्ध्यवासिनी माविको हिरक जयन्तीमा सहभागी हुने प्रजिअ आचार्यले बताए ।

मंगलबार दिउँसो उनी गुरुङहरुको विशेष चाड ट्योंटेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने छिन् । कार्यक्रमलाई सम्वोधन गरेर राष्ट्रपति भण्डारी मंगलबार अपराह्न ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी पोखरा जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ आचार्यले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधयेक प्रमाणीकरण नगरी फिर्ता गरेपछि उनीविरुद्ध प्रदर्शन हुन सक्ने भन्दै विशेष निगरानी गरिएको प्रहरी स्रोतले बतायो ।

 

प्रतिक्रिया सबै